काठमाडौँ / सिद्धार्थ बैंकका ग्राहकले पोखरास्थित बर पीपल रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ।
सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था गरिएको छ।
यस सम्झौताले ग्राहकहरुलार्ई आकर्षक छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस छुट योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, 'सिद्धार्थ केयर' मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

