२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • बुधबार, असार ३१ २०८३
  • 1.4K
    SHARES

  • यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा बुधबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

    साधारणसभाले हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले करिब ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश (करिब ५२ लाख १० हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।बोनस सेयर वितरणपछि कम्पनीको जारी पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँबाट बढेर करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएको छ । यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आवश्यक परे नियामक निकायको निर्देशनअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ ।

    कम्पनीका सञ्चाल समिति अध्यक्ष आजाद श्रेष्ठले आगामी दिनमा लगानीकर्ता सर्वाधिक प्रतिफल गर्ने गरी काम गर्ने बताएका छन् । सभामा बोल्दै उनले भने, ‘हकप्रदमा भएको ढिलाईका कारण नगद लाभांश दिन सकिने । अबको दिनमा तपाईहरुको साथ, सहयोग र सहकार्यले कम्पनीले अझ बढी लाभांश दिने गरी अघि बढ्नेछ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend